सुनको मूल्य १७ सयले बढ्यो, कारोबार कतिमा हुदै ?

२२ जेष्ठ २०८१, मंगलवार ११:१८

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको छ ।

सोमबार तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १ हजार ७०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १० ग्रामको भने मंगलबार १ लाख २२ हजार ३४५ रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । अघिल्लो १८५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार रु १० बढेर तोलामा १८६० रुपैयाँ कायम भएको हो ।