सुर्खेतमा जिप दुर्घटना, मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

१७ जेष्ठ २०८१, बिहीबार १०:३३

काठमाडौं । सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जिप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्ला नजिक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।

आज बिहान भे १ च २५६० नम्बरको जीप दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । दुर्घटनाग्रस्त जीपमा छ जना सवार प्रहरी स्रोतले जनाएको छ।

दुर्घटनामा दुई जना घाइते भएका छन्। उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ।