काठमाडौं । आज सुनको मूल्य बढेको छ। मंगलबार ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि ६ सयल बढेको हो ।
आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
हिजो छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँ कायम थियो । त्यस्तै आज तेजावी सुनको मूल्य पनि ४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९३० रुपैयाँ कायम भएको छ ।
