काठमाडौं । आइतबार सुन चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबर भइरहेको छ ।
आज तेजावी सुन प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ । आज चाँदीको मूल्य पनि स्थिर रहदै तोलाको १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
