नेप्से सूचक ३.७६ विन्दुले बढेसँगै सूचक २१३५२५ अंकमा

१३ जेष्ठ २०८१, आईतवार ११:२५

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३.७६ विन्दुले बढेको छ ।

नेप्से सूचक ३.७६ विन्दुले बढेसँगै सूचक २१३५२५ अंकमा आएको छ । २८ लाख ८६ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ६६ कम्पनीको ४ हजार ५ सय ९८ कित्ता सेयर कारोबार भएको छ ।

३६ कम्पनीको भाउ बढ्दा २१ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १०१ वटा कारोबार भएको हो ।