काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे धाराणा सार्वजनिक गरेका छन् ।
(आज) बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकारले कुनैपनि प्रतिषोध राखेर पक्राउ नगरेको प्रष्टीकरण दिएका हुन् ।
धानमन्त्री प्रचण्डले हिमाल, मानिस र जलवायुसम्बन्धी विज्ञहरूको अन्तर्राष्ट्रिय संवाद कार्यक्रमपछि पत्रकारहरूसँग चन्द्रागिरीमा संक्षिप्त प्रतिक्रिया दिँदै अदालती प्रक्रियाबाटै सिरोहियामाथि छानबिन अगाडि बढेको बताएका हुन् ।
उनले भने, ‘अदालतले प्रक्रिया अगाडि बढाऊ भनेपछि अदालती प्रक्रिया बुझ्याछु मैले । यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन मलाई, सरकारले रिसइबी साध्यो भन्ने छ नि भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिदै भने, ‘त्यो गलत कुरा हो । उहाँसँग केको रिसइबी ?’
प्रधानमन्त्री प्रचण्डले सिरोहिया पक्राउ प्रकरणमा गृहमन्त्री रवि लामिछानेको व्यक्तिगत रिसिइबी नरहेको स्प्रष्ट पारेका छन् ।
उनले भने, ‘त्यो मान्छेले भन्ने कुरा मात्रै हो । अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ । सजिलै छुट्नुहुन्छ । यो हल नै भइहाल्छ ।’
सिरोहिया (हिजो) मंगलबार काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई नागरिकता सम्बन्धी कसुरमा पक्राउ गर्न जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले पुर्जी जारी गरेका थियो।
