काठमाडौं । सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेको छ ।
हिजो १२ सय रुपैयाँ घटेको थियो । आज नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ तय गरेको छ ।
गत सोमबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यसपछि १३ सय रुपैयाँ घटेको छ भने चाँदीको भाउ बढेको छ ।
हिजो १ हजार ८८५ रुपैयाँमा कारोबार भएकोमा आज १५ रुपैयाँ बढेर १ हजार ९ सय रुपैयाँ कायम भएको छ । गत सोमबार चाँदीको भाउ हालसम्मकै उच्च १ हजार ९४० रुपैयाँ पुगेको थियो ।
