काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
उक्त बैंकले शेयरधनी उमेशकुमार मुडभरीका नाममा रहेको सात हजार ६४२ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो । यस शेयरमा हाल बैंकका कायम शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउने बैंकले जनाएको छ।
खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आफूले खरिद गर्न चाहेको कित्ता संख्या खुलाई आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र शेयरधनीबाट खरिद निवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने समेत बैंकले जानकारी गराएको छ ।
