कैलाश सिरोहिया पक्राउ परेपछि सञ्चारमाध्यमहरूले सम्पादकीयमा कालो पोतेर सामूहिक विरोधमा

९ जेष्ठ २०८१, बुधबार ०८:५८

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोध र बदनियत राखेर पक्राउ गरेको आरोप लगाउदै सामूहिक विरोध गरेका छन् ।

हिजो (मंगलबार) कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई प्रतिशोध र बदनियत राखेर पक्राउ गरेको आरोप लगाउदै सञ्चारमाध्यमहरूले सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध गरेका हुन् ।

बुधबार (आज) काठमाडौंबाट प्रकाशित भएका सबैजसो राष्ट्रिय दैनिक पत्रिकाले विशेष सम्पादकीयको स्थानमा कालो पोतेर ‘तथ्य डग्दैन, कलम झुक्दैन’ शीर्षकको एक लाइनको सम्पादकीय लेखेका छन् ।

अन्नपूर्ण, राजधानी दैनिक, हिमालय टाइम्स, कान्तिपुर र नेपाल समाचार पत्रलगायत पत्रिकाले विशेष सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध गरेका छन् ।

यस्तै नयाँ पत्रिका भने सामूहिक विरोधमा सामेल भएको छैन ।