काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा.आरजु राणाले टिकापुरको जग्गा आफूले ५० हजार रुपियाँमा किनेको बताएकी छिन् ।
आज (मंगलबार) प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्तमा कुरा गर्दै सांसद राणाले टिकापुरको जग्गा आफूले ०५३ सालमा ५० हजार रुपैयाँमा किनेको बताइन् ।
उनले आफूले ०५३ सालमा जग्गा किनेको भए पनि ०६८ सालपछि त्यहाँ जग्गा घोटाला भएको बताउदै पत्रकारहरूलाई टिकापुरको जग्गा आफैँ गएर हेर्न र कागजात खोलेर हेर्न पनि आग्रहसमेत गरिन् ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने समेत सांसद राणाले बताइन् । उनले प्रजातन्त्रमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति बन्ने भन्दै अहिलेको शासन व्यवस्था हुकुमी शासन नभएको जिकिर गरिन्।
