सरकारले पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय २३५१ अमेरिकी डलर पुर्‍याउने

२ जेष्ठ २०८१, बुधबार १३:२५

काठमाडौं । नेपाल सरकारले आगामी पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय २३५१ अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको छ ।

आज (बुधबार) राष्ट्रिय योजना आयोगले निकै महत्त्वाकाङ्क्षी लक्ष्यसहित सोह्रौं आवधिक योजना सार्वजनिक गर्दै यस्तो लक्ष्य राखिएको जनाएको छ । हाल नेपालीको प्रतिव्यक्ति आय १४५६ अमेरिकी डलर छ ।

आयोगका प्रवक्ता यमलाल भुसालका अनुसार ७.३ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिइएको छ । यस्तै, गरिबीको रेखामुनि रहेका जनसंख्यालाई २० प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ।

यस्तै ९० प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच पुर्‍याउने, ११ हजार ७ सय ६९ मेगावाट विद्युत् उत्पादन गर्ने लयगतका लक्ष्य राखिएको छ ।