लगातार दुई संस्करणमा फाइनलमा पुगेको गुजरात यस पटक बाहिरियो

१ जेष्ठ २०८१, मंगलवार ०९:३१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटान्सको पनि प्लेअफ सम्भावना सकिएको छ ।

घरेलु मैदान अहमदाबादमा सोमबार राति कोलकाता नाइट राइडर्ससँगको खेल वर्षाका कारण रद्द भएसँगै गुजरातको अघिल्लो यात्रा पनि रोकिएको हो ।

टस नै हुन नसकेपछि दुवै टोलीले एकरएक अंक बाँडे । यो नतिजापछि १३ खेलबाट जम्मा ११ अंक जोडेको गुजरात ८औं स्थानमा छ । र, एक खेलमात्रै खेल्न बाँकी छ ।

यसअघि गुजरात लगातार दुई संस्करणमा फाइनलमा पुगेको थियो । एकपटक उपाधि जितेको थियो ।

यसअघि नै प्लेअफमा पुगेको कोलकताको भने शीर्ष दुईको स्थान पक्का भएको छ । कोलकाताले एक खेल खेल्न बाँकी हुँदा १९ अंक जोडेर शीर्ष स्थानमा छ । दुई खेल खेल्न बाँकी राजस्थान रोयल्स १६ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

मुम्बइ इन्डियन्स र पञ्जाब किंग्स भने यसअघि नै बाहिरिसकेका छन् ।