जसपा सरकारमा सहभागी हुने पक्का

३१ बैशाख २०८१, सोमबार १७:४०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा सहभागी हुने १ मन्त्री र दुई राज्यमन्त्रीले आजै शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ ६ बजे मन्त्रीको शपथको कार्यक्रम तय भएको हो ।

जसपाबाट प्रदीप यादव मन्त्री, रञ्जु झा र हसिना खानले राज्य मन्त्रीको शपथ लिन बुझिएको छ । आज विहान जसपा नेपाल सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको नवगठित जसपा सरकारमा सहभागी हुने भएको छ ।