सुहाङ नेम्वाङले लिए पद तथा गोपनीयताको शपथ

२६ बैशाख २०८१, बुधबार १२:३९

काठमाडौं । इलाम क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित सदस्य सुहाङ नेम्वाङले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिएका हुन् । सभामुख घिमिरेले नेम्वाङलाई सांसदको प्रतिक चिन्ह प्रदान गरे। त्यस अवसरमा सचिवालयका कर्मचारीहरुले सांसद नेम्वाङलाई नेपालको संविधान ऐन नियमका सामग्री समेत प्रदान गरेका थिए ।

शपथ ग्रहण कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उपस्थित भएका थिए। यही वैशाख १५ गते सम्पन्न इलाम क्षेत्र नम्बर २ को उपचुनावमा नेकपा (एमाले) का उम्मेदवार नेम्वाङ प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।