बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल बिरामी, श्वासप्रश्वासमा समस्या

२५ बैशाख २०८१, मंगलवार १३:४६

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी परेका छन्।

रामेछापको मन्थलीमा खानेपानी आयोजना उद्घाटनका लागि जाँदै गरेका मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा मंगलबार मध्याह्न समस्या देखिएपछि उपचारका लागि उनलाई सिन्धुलीस्थित आत्मिय सामुदायिक अस्पतालमा लगिएको छ।

श्वासप्रश्वासमा समस्या देखिएपछि मुख्यमन्त्रीलाई अस्पताल भर्ना गरिएको हो। नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका सांसद युवराज चौलागाईंले भने‘ मुख्यमन्त्रीज्यूको स्वास्थ्यमा समस्या देखिएको छ, हेलिकप्टर मगाएर काठमाडौं लैजाने तयारी भइरहेको छ ।’