आज नेप्से १५.६२ अंकले गिरावट, कुन कम्पनीको नेप्से कति अंकले घट्यो ?

२४ बैशाख २०८१, सोमबार १५:५१

काठमाडौं । आज सोमबार नेप्से १५.६२ अंकले घटेको छ । नेप्से ०.७९ प्रतिशतले घटेर १९५८.७५ विन्दुमा पुगेको छ ।

आज २ अर्ब ८९ करोड १३ लाख १९ हजार बराबरको ६९ लाख ७८ हजार ३२१ कित्ता शेयर ४८ हजार ७०९ पटक किनबेच भएको छ । ३१० कम्पनीको शेयर कारोबार हुँदा आज ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै ६ कम्पनीको शेयर मूल्य भने स्थिर नै रहेको छ ।

आज सेन्सेटिभ इन्डेक्स ३.३८ अंकले, फ्लोट इन्डेक्स १.०७ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०२ अंकले घटेको छ । १३ वटा उपसमूहमध्ये डेभलपमेन्ट बैंक समूह बाहेक अन्य सबै समूह घटेको छ ।