आज सुनको मूल्य २ सयले बढ्यो, कारोबार कतिमा हुदै ?

२४ बैशाख २०८१, सोमबार १२:३१

काठमाडौं । आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला २ सय र चाँदी प्रतितोला २० रुपियाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६ सय र तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदी प्रतितोला १ हजार ६ सय ६० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।