प्रधानमन्त्रीले विदेशीहरूको दबाबमा सत्ता समीकरण परिवर्तन गरेको लिङदेनको आरोप

२३ बैशाख २०८१, आईतवार १७:२८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशीहरूको दबाबमा सत्ता समीकरण परिवर्तन गर्दै हिँडेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आरोप लगाएका छन् ।

आज (आइतबार) पार्टी निकट महिला सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनले काठमाडौंमा आयोजना गरेको महिला भेलामा बोल्दै उनले प्रधानमन्त्री प्रचण्डलेको प्राथमिकता सत्ता मात्रै रहेको बताए ।

सत्तामा जाने, देश लुट्ने र विगतमा आफूले लुटेका कारण हुने कारबाहीबाट जोगिने काम मात्रै ठूलो दलहरूले गरिरहेको लिङदेनको भनाइ थियो ।

उनले देशलाई लुटाहाहरूबाट मुक्त गराउनका लागि आफ्नो पार्टीले मात्रै इमानदार भएर पहल गरिरहेको दाबी गरे ।