खगराज अधिकारीलाई राप्रपा विश्वासको मत नदिने

२३ बैशाख २०८१, आईतवार १३:५४

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई राप्रपा विश्वासको मत नदिएर तटस्थ बस्ने भएको छ ।

आज मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदैछन् । विश्वासको मतका सम्बन्धमा पार्टी तटस्थ बस्ने राप्रपा सचेतक विन्दु पहाडीले बताएकी छन् ।

उनले भनिन्, ‘हामी आज तटस्थ बस्छौं, यसपछि के हुन्छ थाहा छैन । संविधानअनुसार अघि बढ्छ ।’ नेकपा एमालेका नेता अधिकारीलाई राप्रपाले मत नदिए बहुमत पुग्दैन ।

६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सिट चाहिन्छ । अधिकारीका पक्षमा एमालेका २२, माओवादीका सभामुख बाहेक ७ जना र स्वतन्त्र सांसद एकजनाको समर्थन छ । प्रतिपक्षी कांग्रेससँग २७ सीट रहेको छ ।