वैशाख २४ गते सोमवार सार्वजनिक बिदा

२३ बैशाख २०८१, आईतवार १०:२५

काठमाडौं । वैशाख २४ गते सोमवार (भोली) बागमती प्रदेश सरकारले बागमती प्रदेशमा सार्वजनिक बिदा दिने भएको छ ।

वैशाख २० गते प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको हो । बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को वैशाख १२ गतेको बैठकको निर्णय अनुसार बिदा दिने भएको बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी सूचनामा उल्लेख छ ।

बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागू हुने दिनको अवसरमा प्रदेशका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।