वेस्ट इन्डिज ‘ए’ ले दियो नेपाललाई १७३ रनको लक्ष्य

२२ बैशाख २०८१, शनिबार १४:०८

काठमाडौं। टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि सोमपाल कामीले तीन विकेट, सागर ढकालले तीन विकेट र अविनाश बोहोराले एक विकेट लिएका थिए ।

गुल्शन झा र करण केसी आजको खेलमा बेन्चमा छन्। उनीहरूका स्थानमा कमलसिंह ऐरी र ललित राजवंशीलाई ल्याइएको छ।