नेपालले पहिले फिल्डिङ गर्ने, गुल्शन झा र करण केसी आजको खेलमा बेन्चमा

२२ बैशाख २०८१, शनिबार १२:१७

काठमाडौं । वेस्ट इन्डिज ‘ए’विरुद्धको पाँचौँ अर्थात् अन्तिम खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो। यसैबीच नेपालले अघिल्लो खेलको टोलीमा रहेका दुई खेलाडी परिवर्तन गरेको छ।

गुल्शन झा र करण केसी आजको खेलमा बेन्चमा छन्। उनीहरूका स्थानमा कमलसिंह ऐरी र ललित राजवंशीलाई ल्याइएको छ।यसअघि नै तीन खेलमा लगातार हार बेहोर्दै पाँच खेलको सिरिज गुमाइसकेको नेपाली टोली आजको खेल जित्दै सुखद अन्त्य गर्ने योजनामा छ।

उता वेस्ट इन्डिज भने अन्तिम खेल पनि जितेर स्वदेश फर्किन चाहन्छ।