भेलुबाजेका नामले भाइरल बनेका प्यूठानका मिनबहादुर बुढाको निधन

२१ बैशाख २०८१, शुक्रबार ०७:४९

काठमाडौं । सामाजिक सञ्जालमा भेलुबाजेका नामले भाइरल बनेका प्यूठानका मिनबहादुर बुढाको निधन भएको छ।

सामाजिक सञ्जाल युट्युवमा विभिन्न युट्युवरले लिएको अन्तवार्तामा ‘रफ’ शब्द बोलेर भाइरल भएका उनको (हिजो) बिहीबार प्यूठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको आफन्तले जानकारी दिएका छन्।

अत्यधिक मादकपदार्थ सेवनको कारण उनी अस्पताल भर्ना भएका थिए। पारिवारिक अनुसार हिजो अत्यधिक मदिरा सेवन गरेको अवस्थामा भेलुबाजेलाई १ बजेतिर अस्पताल पुर्‍याइएको थियो । बेलुकी साढे ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । ।

अत्यधिक मदिरा सेवनका कारण कमजोर बनेका उनको शरीर सुन्निने, हातका छाला उप्किने, हात गोडा काम्नेलगायतका समस्या थिए ।

६१ वर्षीय बुढामगरले ‘ओख्खो’, ‘बेल्कुल’ र ‘अनुरोध गरेको छु’ जस्ता थेगोले सामाजिक सञ्जालमा ‘भाइरल’ बनेका थिए ।

‘ओख्खो’, ‘बेल्कुल’ र ‘अनुरोध गरेको छु’ जस्ता थेगोले लोकप्रिय बन्दै गएपछि उनले केही हाँस्य टेलिशृंखलामा अभिनय र गीत गाउनेसमेत अवसर पाएका थिए । सामान्य ज्याला मजदुरी गरेर आफ्नो जीविकोपार्जन गरिरहेका भेलु बाजेलाई टिकटकले एकाएक भाइरल बनाइदिएको थियो ।