अब खल्तीबाट नाम झिकेर कैद मिनाह गर्ने प्रवृत्ति अन्त्य हुन्छ: गृहमन्त्री लामिछाने

२० बैशाख २०८१, बिहीबार १३:११

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने खल्तीबाट नाम झिकेर कैद मिनाह गर्ने प्रवृत्तिको अन्त्य गर्ने बताएका छन्।

गृहमन्त्री लामिछाने बाँकेको नौबस्तामा नवनिर्मित क्षेत्रीय कारागार भवनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले केदीलाई सम्मानजनक काम लगाउने विषयमा छलफल भइरहेको पनि बताए।

गृहमन्त्री लामिछानले भने, ‘पहुँच हुनेले मात्रै कैद मिनाह पाएको भन्ने गुनासो छ। अब खल्तीबाट नाम झिकेर कैद मिनाह गर्ने प्रवृत्ति अन्त्य हुन्छ। त्यसबारे छलफल सुरु गरिसकेका छौं ।’

उनले भने, ‘पहुँच हुनेले मात्रै कैद मिनाह पाएको भन्ने गुनासो छ। अब खल्तीबाट नाम झिकेर कैद मिनाह गर्ने प्रवृत्ति अन्त्य हुन्छ। त्यसबारे छलफल सुरु गरिसकेका छौं ।’

यस्तै उनले कारागारहरू याताना केन्द्र भन्दा पनि सुधार गृह बनून् भन्नेमा सरकार सचेत रहेको पनि बताएका छन्।