आज साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १९.५० अंक बढ्यो

२० बैशाख २०८१, बिहीबार ११:४१

काठमाडौं । आज साताको अन्तिम कारोबार दिन प्री ओपन सेसनमा नेप्से परिसूचक साढे १९ अंकले बढेको छ।

यो सेनमा १९.५० अंक बढेर २०२५.७८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.२६ अंकले बढेको छ।

आज (बिहीबार) प्रि ओपन सेसनमा ७० स्टकको ८ हजार १८५ कित्ता सेयर ४६ लाख ३९ हजार ३४९ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएका ५७ स्टकको मूल्य बढ्दा १२ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य स्थिर छ।