आज सुनको मूल्य २ हजारले बढ्यो

२० बैशाख २०८१, बिहीबार ११:१५

काठमाडौं । आज (बिहीबार) सुनको मूल्य २ हजारले बढेको छ ।

बुधबार तोलामा २७ सय घटेको सुन आज (बिहीबार) २ हजार बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको आज बिहीबार १ लाख ३६ हजार ५ सय पुगेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ६३० रुपैयाँ रहेको चाँदी आज १ हजार ६४५ रुपैयाँ कायम भएको हो ।