पञ्जावले चेन्नईलाई ७ विकेटले पराजित

२० बैशाख २०८१, बिहीबार ०८:४७

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा पञ्जावले चेन्नईलाई ७ विकेटले पराजित गरेको हो । चेन्नईले दिएको १६३ रनको लक्ष्य पछाएको पञ्जावले १७.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यसअघि चेन्नईले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनाएको थियो । यो यस सिजनमा पञ्जावको चौथो जित हो । १० खेलमा ४ जित र ६ हारसहित पञ्जाव ८ अंक हासिल गरेर सातौं स्थानमा रहेको छ ।

त्यसैगरी चेन्नईको भने यो यस सिजनमा पाँचौं हार हो । १० खेलमा ५ जित र ५ हार बेहोरेको चेन्नई १० अंकसहित चौथो स्थानमा रहेको छ ।