क्रिकेटर सन्दीप लामिछानेले आफूमाथि गर्ने सबैको नाम छिट्टै सार्वजनिक गर्ने

२० बैशाख २०८१, बिहीबार ०८:३३

काठमाडौं ।  क्रिकेटर सन्दीप लामिछानेले आफूमाथि ‘षड्यन्त्र’ भएको र षड्यन्त्र गर्ने सबैको नाम छिट्टै सार्वजनिक गर्ने बताएका छन्।

जिल्ला अदालत, काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर लामिछानेले बुधबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो बताएका हुन्।

हिजै नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो पटक खेल्न लागेको टी–२० विश्वकपका लागि १५ सदस्यीय स्क्वाड घोषणा गरे गरेको छ। क्यानले उक्त घोषणा गरेलगत्तै सन्दीपले सामाजिक सञ्जालमा पोस्ट गरेका हुन्।

उनले सामाजिक फेसबुकमा लेख्छन् ‘म सम्बन्धित अदालतको कानुन र आदेशको सम्मान गर्दछु तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु जो यस मुद्दामा संलग्न छन् । ‘