नेपाल वेस्ट इन्डिज ‘ए’ सँग १९.२ बलमा अलआउट, ७६ रनले पराजित

१९ बैशाख २०८१, बुधबार १६:०८

काठमाडौं । नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित भएको छ।

वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा चुनौतीपूर्ण २२८ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ बलमा १५१ रन बनाएर अलआउट भएको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर बलिङ गरेको नेपालले ७६ रनले पराजित भएको हो। वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा दुई सय २७ रन बनाएको थियो।

२२८ रनको लक्ष्य पछ्याएको नेपालका लागि करण केसी र लोकेश बम सर्वाधिक २८–२८ रन जोडेका थिए । कुशल मल्ल २०, विनोद भण्डारी १९, अनिल शाह १४, कप्तान दीपेन्द्रसिंह ऐरी ७, गुल्सन झा ६, कमलसिंह ऐरी ६, आरिफ शेख ३ रनमा आउट भएका थिए ।

नेपालको ब्याटिङ लाइनलाई ध्वस्त बनाउन वेस्ट इन्डिजका लागि हेडेन वाल्शले तीन विकेट र गुडाकेश मोतीले दुई विकेट लिए ।