वेस्ट इन्डिज ‘ए’ले पहिलो विकेट गुमायो

१९ बैशाख २०८१, बुधबार १२:५१

काठमाडौँ । बुधबार नेपाल र वेस्ट इन्डिज ‘ए’ को तेस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डिज ‘ए’ले पहिलो विकेट गुमाएको छ । वेस्ट इन्डिजले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान एलिक अथान्जलाई गुमाएको हो ।

उनी १० बलमा एक छक्का र दुई चौकाको मद्दतले १७ रन बनाउँदै आउट भए । उनी रन आउट भएर पेभेलियन फर्किएका हुन् । ३.१ ओभरमा उनी आउट हुँदा वेस्ट इन्डिजले २७ रन बनाएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको हो । वेस्ट इन्डिजविरुद्धको तेस्रो खेलपछि नेपाल क्रिकेट संघ ९क्यान० ले आगामी आईसीसी टी–२० विश्वकपका लागि टोली घोषणा गर्नेछ ।

पाँचवटा टी–२० खेलको शृंखला हाल १–१ को बराबरीमा छ । शृंखलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने भ्रमणकारी टोली वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो ।