विजय उत्सव मनाउन अध्यक्ष ओली इलाममा

१८ बैशाख २०८१, मंगलवार १२:३६

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम गएका छन् ।

इलाम–२ को प्रतिनिधिसभामा विजयी उम्मेदवार सुहाङ नेम्वाङको विजय उत्सव मनाउन अध्यक्ष ओली इलाम गएका हुन् ।एमाले जिल्ला उपसचिव रविन्द्र सुवेदीका अनुसार आज दिउँसो एक बजे इलाम चोक बजारमा आयोजित विजय सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

उनले भने “अहिले गोदक आइपुग्नुभएको जानकारी आएको छ।”  मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिउँसो एक बजेनै विजयी उम्मेद्वार सुहाङ नेम्वाङलाई प्रमाणपत्र दिने कार्यक्रम तय भएको जनाइएको छ ।

विजय उत्सव मनाउन अहिले इलाममा एमालेका नेता कार्यकर्ता भेला भइरहेका छन ।