इलाम २ मा सुहाङ ४ हजार ९ सय ८६ मतान्तरले अगाडि

१७ बैशाख २०८१, सोमबार १४:५६

काठमाडौं । इलाम २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ ४ हजार ९ सय ८६ मतान्तरले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले १३ हजार ९०० मत प्राप्त गर्दा प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ८ हजार ९ सय १४ मत पाएका छन् ।

त्यसैगरी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार २ सय ८५ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा थेगिम र खड्काबीच प्रतिस्पर्धा भइरहेको छ । तर, अहिले खड्काले मतान्तर बढाएका छन् ।

रास्वपाका उम्मेदवार मिलन लिम्बूले अहिलेसम्म १ हजार ९ सय ४५ मत प्राप्त गरेका छन् । अहिलेसम्म ३४ हजार २६ सदर मतगणना भएको छ ।