बझाङ–१ प्रदेशसभा मा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी

१७ बैशाख २०८१, सोमबार १४:४२

काठमाडौं । बझाङ–१ प्रदेशसभा (क) का लागि भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् ।

भण्डारी ११ हजार छ सय १२ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए । भण्डारीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार तीन सय ४६ मत प्राप्त गरे ।

यस्तै नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले तीन हजार नौ सय ६७ र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार पाँच सय १३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत लामिछानेले बताए ।