बझाङ क्षेत्र नम्बर १ ‘क’ को मतगणना दिउँसो १ बजेदेखि सुरु

१६ बैशाख २०८१, आईतवार १३:१०

काठमाडौं । बझाङ क्षेत्र नम्बर १ ‘क’ को मतगणना दिउँसो १ बजेदेखि सुरु भएको छ ।

सर्वपक्षीय बैठकको निर्णय अनुसार दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको जिल्ला निर्वाचन अधिकृत मनबहादुर धामीले जानकारी दिए ।छबिसपाथिभेरा गाउँपालिकाबाट मतगणना सुरु गरिनेछ । दुई स्थानमा मतगणना गरिने धामीले जानकारी दिए ।

नेकपा (एमाले) का तर्फबाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसका अभिषेक बहादुर सिंह, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढा, नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहलगायत प्रतिस्पर्धामा छन् ।