माधवकुमार नेपालले दिए सत्ता गबठन्धनबाट बाहिरिने चेतावनी

१४ बैशाख २०८१, शुक्रबार १६:४७

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं माधवकुमार नेपालले आफ्नो पार्टीलाई उपेक्षा गरे सत्ता गबठन्धनबाट बाहिरिने चेतावनी दिएका छन् ।

आज (शुक्रबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्य्क्ष नपालले नेपालको अहिलेको राजनीति र नेपालको मौसम उस्तैउस्तै रहेको समेत टिप्पणी गरे ।

उनले नेपालको मौसममा केही भन्न नसकेजस्तै राजनीतिमा पनि केही भन्नसक्ने अवस्था नरहेको जिकिर गर्दै उनले राजनीतिक स्थायित्व देशलाई चाहिएको बताए ।अध्यक्ष नेपालले भने, “अहिलेको नेपालको राजनीति नेपालको मौसम जस्तै छ । तर हामी चाहन्छौँ, मौसमको बारेमा केही भन्न नसके जस्तै नेपालको राजनीतिमा भन्न नसक्ने अवस्था नबनोस् । प्रस्ट रूपमा हामीले भन्न सकौँ । राजनीतिक स्थायित्व हामीलाई चाहिएको छ तर राजनीतिक स्थायित्व भनेको परिवर्तनका लागि, विकासका लागि हो । देशलाई अघि बढाउनका लागि हो । त्यसैले हामीले सुशासनको कुरालाई उच्चतम प्राथमिकता दिन्छौँ ।”

उनले देश विकासका लागि सामाजिक न्याय, समानता, उत्पादन, रोजगारी प्रवर्द्धन, राष्ट्रिय पुँजीको विकासमा जोड दिनुपर्ने बताए । अध्यक्ष नेपालले देशको अर्थतन्त्रसहित सबै किसिमका समस्या समाधानमा सरकारले ध्यान दिनुपर्ने बताए ।

उनले सुशासन, सामाजिक न्याय र समानता, समृद्धि, उत्पादन, पुँजी निर्माण, उद्यमहरूको विकास, सीप सिकाउने, उद्यमशिलतालाई प्रोत्साहन दिन काम गर्नुपर्ने बताए । अध्यक्ष नेपालले सरकारलाई दम्भ नदेखाउन चेतावनी पनि दिए ।