भक्तपुरमा घरको छतबाट खसेर एक जनाको मृत्यु

१४ बैशाख २०८१, शुक्रबार ११:३१

काठमाडौंः भक्तपुरमा आफ्नै घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ।

बिहीबार (हिजो) सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा राति साढे ९ बजे बजे सुवर्ण मानन्धर आफ्नै घरको छतबाट खसेर उपचारको क्रममा राति ११ बजे मध्यपुर ठिमी अस्पतालमा निधन भएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता राजन कार्कीले बताए।

उक्त घटनाका बारेमा थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।