इरानद्धारा इजरायलमाथि दर्जनौं ब्यालिस्टिक मिसाइल र सयौं ड्रोनको संयुक्त आक्रमण

३ बैशाख २०८१, सोमबार १२:२२

इरान। इरानले इजरायलमाथि दर्जनौं ब्यालिस्टिक मिसाइल र सयौं ड्रोनको संयुक्त आक्रमण गरेको छ । यो संगैइजरायलभर हवाई आक्रमणको चेतावनी दिएको छ ।

जेरुसेलम, दक्षिणमा नेगेभ मरुभूमि र मृत सागर, उत्तरमा इजरायलले कब्जा गरेको गोलान हाइट्स र कब्जा गरिएको वेस्ट बैंकमा चेतावनी दिएको थियो ।इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोरले इजरायलमा मिसाइल र ड्रोन आक्रमण गरेको पुष्टि गरेको छ । लगभग ४ देखि ५ सय ड्रोनबाट आक्रमण गरिएको थियो । सय बढीलाई इजरायल पुग्नुअघि सहयोगी देशहरूले रोकेका थिए ।

इरानबाट इजरायलतर्फ धेरै क्रुज मिसाइलहरू पनि प्रहार गरिएको बताइएको छ । अप्रिलको सुरुवातमा सिरियाको दमास्कसमा रहेको कन्सुलर भवनमा सात इरानी अधिकारीको हत्याको बदला लिने इरानी धम्कीपछि इजरायल विगत केही दिनदेखि उच्च सतर्कतामा छ ।

सिरियामा विस्फोटको आवाज सुनियो इरान र इजरायलबिच तनाव बढ्दै गएपछि आइतबार सिरियाका धेरै शहरमा विस्फोटको आवाज सुनिएको छ । राजधानी र देशका अन्य ठाउँमा सिरियाली वायु सुरक्षाले इजरायली क्षेप्यास्त्रहरूलाई रोक्न खोजेको परिणामको रूपमा विस्फोटक आवाज सुनिएको हो ।

धेरै सिरियाली शहरमा धेरै विस्फोट सुनिएको थियो । आक्रमणमा कुनै हताहत नभएको बताइएको छ । कुनै पनि इजरायली क्षेप्यास्त्रले सिरियाली साइटहरूलाई निशाना बनाएको छैन ।

यो इरान र इजरायलबिच जारी तनावको एक भाग हो । सिरियाको राजधानी दमास्कस, होम्स, हामा, दारा र तटीय क्षेत्रहरूमा विस्फोटको आवाज सुनिएको बताइएको थियो । सिन्ह्वा न्यूज एजेन्सी नेपाल