बाजुरामा फेरी गयो भूकम्प

३० चैत्र २०८०, शुक्रबार ०९:५८

बाजुरा। बाजुरामा गए राती फेरी भूकम्पको धक्का महसुस भएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बुढीगङ्गा नगरपालिकाको बाह्रबिस वरपर केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको हो।

गए राति ३ः५३ बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको
भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । गत वर्ष माघ १० गते जिल्लाको स्वामिकार्तिक गाउँपालिकाको मेलामा केन्द्र विन्दु भएर ५.९ म्याग्नेच्युटको भूकम्प गएको थियो ।

त्यसै गरी गत वर्षको वैशाख १५ गते गौमुलको दहकोटमा केन्द्र विन्दु बनाएर ५.९ म्याग्निच्युटको भूकम्प गएको थियो । गत वर्ष माघ गएको भूकम्पले जिल्लाको पूर्व उत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिका वडा नं २ कोट, कोटीका ,रुम्दी, नाटी खोला लगायत टोलमा २३ वटा घर भत्काएको थियो ।