घट्यो आज सुनको मूल्य, कारोबार कतिमा हुदै ?

२९ चैत्र २०८०, बिहीबार ११:३८

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारदेखि सुनको मूल्य लगातार बढिरहेको सुनको मून्य बिहीबार भने घटेको हो।

आज बजारमा छापावाल सुन प्रतितोला एक लाख ३६ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ। यसअघिका दिनको तुलनामा प्रतितोला दुई सय रूपैयाँ कम हो। बुधबार सुन प्रतितोला एक लाख ३६ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

आज तेजाबी सुन भने प्रतितोला एक लाख ३५ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।यस्तै बिहीबार चाँदीको मूल्य भने यथावत छ। यसअघि दिनमा चाँदीको मूल्य प्रतितोला एक हजार सात सय रूपैयाँ तोकिएको छ।