वैज्ञानिक पिटर हिग्सको निधन

२८ चैत्र २०८०, बुधबार ११:४६

काठमाडौं । वैज्ञानिक पिटर हिग्सको निधन भएको छ।उनको ९४ वर्षको उमेरमा निधन भएको हो।

उनी नोबेल पुरस्कार विजेता समेत हुन् । सन् २०१३ मा हिग्सलाई भौतिकशास्त्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नोबेल पुरस्कार प्रदान गरिएको थियो।

उनी ‘गड पार्टिकल’ खोजका लागि परिचित थिए। जसले बिग ब्याङ्गपछि ब्रह्माण्ड कसरी सृष्टि भयो भनेर व्याख्या गर्न मद्दत गर्‍यो।

सन् १९६० मा हिग्स र अन्य भौतिकशास्त्रीहरूले ब्रह्माण्ड केबाट बनेको थियो भनेर बुझ्ने प्रयास गरेका थिए।

यस प्रयासको क्रममा हिग्सले भौतिकशास्त्रको आधारभूत प्रश्नको उत्तर खोज्ने प्रयास गरे। सन् २०१२ मा वैज्ञानिकहरूले यसबारे जानकारी प्राप्त गरेपछि यसलाई हिग्सबोसन नाम दिइएको थियो।