सुनको मूल्य हालसम्मकै उच्च, कारोबार कतिमा हुदै ?

२८ चैत्र २०८०, बुधबार ११:४०

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।

आज (बुधबार) छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ८ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको मूल्य एक लाख ३६ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३६ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार १५० सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य प्रतितोला एक हजार ७ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।