सरकार बनाउने र गिराउने राजनीति फोहोरी खेल

२१ फाल्गुन २०८०, सोमबार १४:०६

काठमाडौं । राजनीतिमा फेरि अर्को उथल पुथल आएको छ । सत्ता गठबन्धन भत्किने निश्चित भए पछि राजनीतिमा उथल पुथल आएको हो ।

सत्ता गठबन्धनबाट नेपाली काँग्रेस बाहिरिने पक्का पक्की भएको छ । एमाले, माओवादी, रास्वपा, जसपा लगायत दलहरु मिलेर सरकार बनाउने कुरा आएको छ । सम्भवतः आजै मन्त्री परिषद परिवर्तन गरी सानो आकारको मन्त्रिपरिषद गठन हुने कुरा छ । त्यो के हो बिस्तारै खुल्दै जाला । पछिल्लो बिकसित राजनीति घट्नाक्रमले राजनीतिमा ठूलै तरंग ल्याइदिएको छ । मुलुकमा राजनीति अस्थिरताका कारण कुनै पनि सरकार लामो समय सम्म टिक्न सकेका छैनन् ।

यो मुलुकका लागी ठूलो दुरभाग्य हो । सत्ता स्वार्थका लागी दलहरु जे पनि गर्न तयार छन । यो जनता प्रतिको अपमान हो । सत्ताका लागी जो संग पनि मिल्ने र नीति, शिद्धान्त, बिचार सबै बिर्सने बानीले दलहरु प्रति जनताको बिश्वास घट्दै छ । आखिरमा सत्तामा गए पछि सबै दलहरुको लेन देन मिल्दो रहेछ ।

सत्ता देखि बाहिर रहदा मात्र बिरोध हुदो रहेछ । यो सरासर जनता छक्काउने खेल रहेछ । राजनीति फोहोरी खेलमा परिणत भएको छ । राजनीति प्रति नयाँ पुस्ताले त्यति चासो नदिनुको कारण पनि यही हो ।

यो फोहोरी राजनीति खेलले जनताको भबिश्य बर्बाद भएको छ । मन्त्री परिषद परिवर्तन हुने भयो भनेर खुशि हुनु पर्ने कुनै जरुरी छैन । किन भने यो देश र जनताको हितमा हुने कुरा होइन , यो त आलो पालो सरकारमा जाने र लुटने खेलो मात्र हो । अरु केही होइन । राजनीति दलहरुका कारण आज मुलुक गम्भिर संकटमा छ । देशको भबिश्य डामाडोल भइरहेको छ ।

नेताहरु सत्ताको दौडधुपमा मात्र ब्यस्त छन । यो तरिकाले देशको भबिश्य बनाउन सकिदैन । देश प्रति इमान्दार नेताहरु पाउनै मुस्किल परिरहेको छ । रास्वपा सरकारमा जाने कुरा धेरै चर्चामा आएको छ । त्यसो हो भने यो पार्टी पनि सत्ता स्वार्थी नै हो भनेर जनताले चिन्ने छन । अहिले यो पार्टी सरकारमा गयो भने राजनीति भबिश्य त्यति राम्रो हुने देखिदैन । किन की सरकारमा गएर काम केही हुदैन । काम नभए पछि जनता रिसाउने छन ।

जनता रिसाए भने आउदो चुनावमा समस्या हुने छ । यो कुरा रास्वपा र तिनका नेताहरुले बुझेका छन की छैनन् रु राजनीतिमा जतिखेर पनि जे पनि हुन सक्छ यो सत्य कुरा हो । अहिले भएको त्यही हो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल पार्टीमा रहुन्जेल देशको राजनीति उनकै वरीपरि घुम्ने देखियो । संसदमा तेस्रो दल रहेको पार्टीले पटक पटक सरकारको नेतृत्व गर्ने अवसर पाउनु भनेको चानचुने कुरा होइन । यो प्रचण्डको चर्तुयाइ र कुशल राजनीति खेलाडी भएर हो ।

राजनीतिमा बेला बेलामा उतार चढाव आइरहन्छ । यो ठूलो कुरा होइन । आज जसरी राजनीति अघि बढिरहेको छ त्यो देश र जनताको पक्षमा छैन । सरकार बनाउने र गिराउने खेल यो राम्रो कुरा होइन । यसले देशमा ठूलो घाटा पुयाइरहेको हुन्छ । स्वार्थी नेताहरुका कारण देश बर्वाद भइरहेको छ ।

यो कुरा कस्ले बुझने रु देश र जनताको भाग्य र भबिश्य बनाउने भन्दा पनि खाली सत्ता स्वार्थमा चुर्लुम्म डुव्ने जुन किसिमको राजनीति चरित्र देखिएको छ यो बास्तवमा गलत छ । यसले मुलुकलाई डुवाइराखेको छ । त्यसैले सरकार परिवर्तन हुदैमा देशको समस्या समाधान हुन सक्दैन ।

देशको समस्या समाधान गर्न दलहरु र तिनका नेताहरुको सोच, बिचार र चिन्तन परिवर्तन हुन जरुरी छ । जब सम्म नेताहरुको सोच र चिन्तनमा परिवर्तन आउदैन तव सम्म यहा केही हुदैन ।