नेपालले लियो लगातार २ ओपनर विकेट

१३ चैत्र २०८०, मंगलवार १५:२९

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो टी–२० क्रिकेटमा नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्ड ‘ए’ ले लगातार दुवै ओपनर ब्याट्सम्यानलाई गुमाएको छ ।

आयरल्यान्ड ‘ए’ को पहिलो विकेट सोमपाल कामीले लिएका हुन् । उनले आयरल्यान्डका ओपनर ब्याट्सम्यान स्टेफन डोहेनीलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराए । विकेटकिपर ब्याट्सम्यान स्टेफनले पेभेलियन फर्किनुअघि १३ बलमा एक छक्का र चार चौकाको मद्दतले २६ रन बनाए । पाँचौँ ओभरको अन्तिम बलमा स्टेफन आउट हुँदा आयरल्यान्डले ४३ रन बनाएको थियो ।

त्यसलगत्तै आयरल्यान्डले आफ्नो दोस्रो विकेट गुमाएको थियो । आयरल्यान्डको दोस्रो विकेट कुशल मल्लले लिएका थिए । उनले आयरल्यान्डका ओपनर ब्याट्सम्यान रोस एडिर १७ रनको व्यक्तिगत स्कोरमा गलसन झाद्वारा क्याच गराएका थिए । ५.२ ओभरमा रोस आउट हुँदा आयरल्यान्डले ४३ रन बनाएको थियो ।