नेपालले ७ विकेट गुमाउदै १९९ लक्ष्य दियो आयरल्यान्ड ‘ए’ लाई

१३ चैत्र २०८०, मंगलवार १४:४५

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो टी २० खेलमा मंगलबार आफ्नो ७ विकेट गुमाउदै १९८ रन बनाएको हो।

नेपालले आयरल्यान्ड ‘ए’ आफ्नो ७ विकेट गुमाउदै १९९ को लक्ष्य दिएको छ । टी–२०अभ्यास खेल अन्तर्गत आयरल्यान्ड ‘ए’सँग दोस्रो अर्थात अन्तिम खेल हो ।