नेपालले ३ विकेट गुमाउदा १०.३ ओभरमा कति रन बनायो त ?

१३ चैत्र २०८०, मंगलवार १३:४८

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङको रोजेको नेपालले आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो टी २० क्रिकेटमा मंगलबार तेस्रो विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटका रूपमा अनिल साहलाई गुमाएको हो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका अनिल ११ बलमा दुई चौकाको मद्दतले १२ रन बनाउँदै पेभेलियन फर्किए । उनलाई आयरल्यान्डका बलर फियोन ह्यान्डले विकेटकिपर डोहेनीद्वारा क्याच गराए । ६.५ ओभरमा अनिल आउट भएका हुन् ।

यो समचार तयार गर्दासम्म नेपालले ३ विकेट गुमाउदा १०.३ ओभरमा ८६ रन बनाएको छ ।