काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेको छ । हिजो (सोमबार) को दिन तोलाको १ लाख २६ हजार ७ सय रुपैयाँ रहेको सुन आज १ लाख २६ हजार ४ सयमा झरेको हो ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ । सोमबारको दिन तोलाको १ हजार ५१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ५०५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।