२३ जना प्रहरी कर्मचारी सम्पर्कविहिन, सात दिनभित्र हाजिर हुन निर्देशन

१३ चैत्र २०८०, मंगलवार १०:२३

काठमाडौं । नेपाल प्रहरीका २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।

प्रहरी प्रधानकार्यालयले मंगलबार एक सुचना जारी गर्दै २३ जना कर्मचारी खोजतलास गर्दा पनि सम्पर्कमा नआएको जनाएको हो । प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै सम्पर्कमा नरहेका कर्मचारीलाई सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ ।

तोकिएको अवधिमा पनि सम्पर्कमा नआए आवश्यक कार्बाही प्रक्रिया अघि बढाइने बताइएको छ ।