दुर्गा प्रसाईँको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

१२ चैत्र २०८०, सोमबार १७:२३

काठमाडौं । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धनदिनआदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीशहरू डा.कुमार चुँडाल र सारंगा सुवेदीको संयुक्त इजलासले प्रक्रिया पुर्‍याउनका लागि बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सोमबार आदेश जारी गरेको हो ।

आदेशमा‘यदि अस्पतालले सम्बन्धनको प्रक्रिया पुर्‍याएको भए सम्बन्धन दिनू’भनिएको छ । सरकारले सम्बन्धका लागिआशय पत्र दिए पनि चिकित्सा शिक्षा सुधारका लागि डा.गोविन्द केसीले आन्दोलन सुरु गरेपछि सम्बन्धन रोकेको थियो ।

मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओआई पाएर संरचना निर्माण गरे पनि उक्तकलेजले सञ्चालनका लागि सम्बन्धन पाएको छैन ।कलेजका तर्फबाट सञ्चालक दुर्गा प्रसाईँले २०७७ मै सम्बन्धन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।