नेपालले पहिलो टी २० क्रिकेटमा आयरल्यान्ड ‘ए’ लाई हराउदै विजय

१२ चैत्र २०८०, सोमबार १६:२५

काठमाडौँ । नेपालले पहिलो टी २० क्रिकेटमा आज आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनाएको थियो ।

यस्तै नेपालले १६.१ ओभरमै चार विकेट गुमाउदै विजय लक्ष्य पुरा गर्‍यो । नेपालको जितमा सन्दीप जोरा, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले महत्वपूर्ण खेले।

सन्दीपले ३६, कुशल भुर्तेलले अविजित ३७ र दीपेन्द्रले अविजित २० रन बनाए । यस्तै आसिफले १६ रन बनाउदै आउट भए भने क्यापटेन रोहित पौडेल ० रनमा आउट भए । गुलशन झा ४ रनमा आउट भए भने सुन्दिप जोरा ३५ बलमा ३६ रन बनाउदै विकेट आउट भए ।