होलीमा समातिएका एक सय पाँचजनामुक्त, अरुको छानविन हुँदै

१२ चैत्र २०८०, सोमबार १५:२८

काठमाडौं । होलीपर्वमा अनुशासन र मर्यादा उलंघन गरेको दोषमा पक्राउ गरिएका एक सय पाँच जना व्यक्तिलाई प्रहरीले मुक्त गरिदिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार पहिलो दिनको होलीमा दुई सय ७७ जना पक्राउ परेका थिए । उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको थियो । गएराति छाडिएकामा एक सयदुई पुरुष र तीन जनामहिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षकभूपेन्द्र खत्रीले जानकारी दिए ।

फागुपूर्णिमाका दिन नियम विपरीत काम गर्ने उनीहरु नियन्त्रणमा लिएकोमा उनीहरुको अवस्था हेरेर एक सय पाँच जनालाई गए राति उनीहरुको परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दुईपाङ्ग्रे सवारी तीन सय वटा र चार पाङ्ग्रे्रे सातवटा सवारी साधनलई नियन्त्रणमा लिइ ट्राफिक प्रहरीको जिम्मा लगाइएको छ । लापसे, मापसे गरी सवारी साधन चलाउने तथा कागज पत्र नबोक्ने, हेल्मेट नलगाई सवारी चलाएको अभियोगमा उनीहरुलाई सवारी साधन नियन्त्रणमा लिइएको हो ।

फागुपूर्णिमा अर्थात होलीपर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले हिजो आइतबार उपत्यकामा विशेष सुरक्षाव्यवस्था लागू गरेको थियो । विभिन्न ठाउँमा ट्राफिक चेकिङदेखि सादा पोसाक सहित गरी कूल तीन हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाट समेत निगरानी गरिएको प्रहरीले जनाएको छ ।